मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २५ बुधबार १७:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबै पक्षसँग परामर्श गरी संवादबाटै समाधान खोज्न कांग्रेस महामन्त्रीद्वयको अपिल

‘प्रधानमन्त्रीले हाम्रो आग्रह स्वीकार्न ढिलाइ गर्दा स्थिति अनियन्त्रित भएको तथ्य स्वीकार्न जरुरी’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २५ बुधबार १७:४५:oo

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट समाधान खोज्न अपिल गरेका छन्। बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै थापा र शर्माले जेन–जी पुस्ताको भावनाबमोजिम नै यो पहललाई निष्कर्षमा पुर्याउन आग्रह गरेका छन्।

विधिविहीनताले थप अराजकता निम्त्याउने उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, ‘त्यसैले वार्ताका क्रममा राष्ट्रपतिज्यू र जेनजी पक्षलाई हामी आग्रह गछौँ– अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शुन्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस्। त्यसमा हाम्रो समर्थन रहनेछ।’

प्रधानमन्त्री केपी ओलीले आफूहरुको आग्रह र दबाब स्वीकार नगर्दा स्थिति बिग्रएको बताउँदै उनीहरुले भनेका छन्, ‘हाम्रो पटकपटकको आग्रहका बाबजुद परिस्थितिलाई नजरअन्दाज गर्नु, राजनैतिक नेतृत्वले स्थितिको सही आकलन आफू गर्न सक्नुपर्छ या अरुले दिएको सहि सुझावलाई समयमै ग्रहण गर्न सक्नुपर्छ, यो यथार्थ आत्मसात गर्न प्रधानमन्त्रीले ढिलाइ गर्दा जो मानवीय क्षति भयो त्यसबाट सिंगो नेपाल र संसारभरका हामी सबै नेपाली स्तब्ध र अत्यन्तै दुखित छौं।’

जेन–जीको स्वस्फूर्त भएको प्रदर्शनमा विभिन्न स्वार्थ समूहको घुसपैठले हिंसा, हत्या र योजनाबद्ध  आगजनी भएको भन्दै महामन्त्रीद्वयले अबको सरकारले यि सम्पूर्ण ध्वंसको छानबिन र पुनर्निर्माणका लागि यथासक्य योजना बनाउनुपर्ने बताएका छन्।