मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025
२o८२ भदौ २५ बुधबार १६:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुर बाल सुधारगृहबाट ७२ जना फरार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २५ बुधबार १६:३३:oo

मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ११ स्थित बाल सुधारगृहबाट बुधबार दिउँसो ७२ जना फरार भएका छन्।

सुधारगृहमा रहेका ९४ मध्ये २२ जना मात्रै नियन्त्रणमा छन् भने बाँकी अभिभावकहरूको सहयोगमा गेट तोडफोड गर्दै भागेका हुन्। दिउँसो करिब ३ः१० बजेदेखि ३ः२० बजेसम्म छोटो समयमै घटना भएको सुधारगृह प्रशासनले जनाएको छ।

सुधारगृह प्रमुख प्रदीप गौतमका अनुसार करिब ४०–४५ जनाको समूहमा आएका अभिभावकहरूले बाहिरबाट ढुंगामुढा गर्दै नाराबाजीसहित गेट भत्काएका थिए। त्यही अवसरमा पहिले नै तयारी अवस्थामा रहेका बालकहरू फरार भएका हुन्। उनका अनुसार केहीले टेलिभिजनमा देखिएको समाचार हेरेर राति ब्याग प्याक गरेर भाग्ने योजना बनाएका थिए।

फरार हुनेहरूमा अधिकांश लागुऔषधसम्बन्धी मुद्दामा संलग्न रहेको र लामो सजाय तोकिएका रहेका गौतमले जानकारी दिए। उनीहरूमध्ये २२ जना भने आफूहरू नभाग्ने भनेर स्वस्फूर्त रूपमा सुधारगृहमै बसेका छन्।

१४ देखि २३ वर्ष उमेर समूहका ती बालकहरूको सुरक्षार्थ सुधारगृहमा आठजना मात्र सुरक्षाकर्मी खटाइएको थियो। घटना भएको केहीबेरमै जिल्ला प्रहरी र सेनाको टोली पुगे पनि उनीहरू भागिसकेका थिए। अहिले सुधारगृहवरिपरि १५ जना प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।