मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २४ मंगलबार १४:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार १४:१९:oo

पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ ।

प्रदर्शनकारीहरूले दहचोकस्थित पुनको घरमा आगजनी गरेका छन् ।

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूका छोराछोरीहरूको विलासी जीवनशैलीमा प्रश्न गर्दै जेन–जीहरूले सोमबारदेखि देशभर प्रदर्शन गरेका छन् ।

प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि आज देशभर प्रदर्शन भएको छ ।