
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन्। चौधरीले प्रधानमन्त्री केपी ओलीसमक्ष राजीनामापत्र बुझाएका हुन्।
‘देशको पछिल्लो विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयको मन्त्री पदबाट सम्माननीयज्यूसमक्ष राजीनामा पेस गरेको छु,’ राजीनामापत्रमा भनिएको छ।