
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले संसदबाट राजीनामा दिने भएका छन्। पार्टी सभापति रवि लामिछानेको निर्देशनपछि उनीहरूले आजै राजीनामा दिन लागेका हुन्।
लामिछानेले सोमबार नक्खु कारागारबाटै अपिल जारी गरी राजीनामाका लागि तयार रहन निर्देशन दिएका थिए। सामूहिक रूपमा आजै राजीनामा बुझाउने तयारी भइरहेको रास्वपाका एक सांसदले बताए।
जेन–जी पुस्ताले भ्रष्टाचारविरुद्ध गरिरहेको आन्दोलनलाई रास्वपाले ऐक्यबद्धता जनाउँदै उनीहरूको माग पूरा गर्न सरकारलाई आग्रह गरेको थियो।