
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यतिवेलाको परिस्थितिको थप साक्षी र साझेदारका रूपमा कांग्रेस पार्टी नहुने बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै महामन्त्री थापाले सरकारबाट कांग्रेस तत्काल फिर्ता हुनुपर्ने बताए ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रातभर सुत्न सकिनँ । मजस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रूर दृश्य आँखाअगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अविलम्ब पद छोड्नुपर्छ । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु। ’