Skip This
जेन–जीको मुख्य मागबारे प्रधानमन्त्री मौन 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:५१:oo
Read Time : < 1 मिनेट
समाचार

जेन–जीको मुख्य मागबारे प्रधानमन्त्री मौन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:५१:oo

जेन–जी पुस्ताले सोमबार गरेको प्रदर्शनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले वक्तव्य निकालेका छन् ।  सो घटनाले आफुलाई मर्माहत बनाएको बताएका छन् तर उनीहरुको मुख्य मागबारे प्रधानमन्त्री मौन देखिएका छन् ।

भ्रष्टाचारको नियन्त्रण र सुशासनको लागि जेनजीले सोमबार देशैभरी प्रदर्शन गरेका हुन्। तर, प्रधानमन्त्रीको वक्तव्यमा सामाजिक सञ्जालको विषयमा मात्र उल्लेख छ । भ्रष्टाचार नियन्त्रणबारे प्रधानमन्त्री केही बोलेका छैनन्। उनले भनेका छन्,‘ राज्यको कानुन र अदालतको आदेश बमोजिम सामाजिक सञ्जाललाई दर्ता र सूचिकरण गरी व्यवस्थित रुपमा चलाउने हाम्रो प्रयासका सम्बन्धमा पर्याप्त जानकारीको अभाव र हाम्रो जेन–जी पुस्ताको सोचबीच केही अस्पष्टताले आजको अवस्था सिर्जना भयो । सरकार सामाजिक सञ्जालको प्रयोगलाई रोक्ने पक्षमा थिएन र त्यसको प्रयोग गर्ने वातावरण सुनिश्चित गर्ने छ । यसका लागि प्रदर्शन गरिरहनु पर्ने थिएन । र, गरिरहनु पर्ने स्थिति रहन दिइने छैन ।’ 

उनले अत्याधिक बल प्रयोग गरेको विषय पनि अस्वीकार गर्दै संवैधानिक संस्थाका कार्यालय जोगाउने प्रयास गरिएको उनको भनाई छ। आजको घटनाबारे १५ दिनभित्र प्रतिवेदन दिनेगरी छानविन समिति बनाउने उनले बताएका छन् । 

सरकारकै निर्देशनमा आन्दोलनमाथि दमन भएको भन्दै यस प्रकरणमा सत्तारुढ दलकै नेताहरुले प्रधानमन्त्रीको समेत राजीनामा मागेका छन् ।