मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२८:oo
Read Time : < 1 मिनेट
समाचार

जेनजीको आन्दोलनमाथि सरकारले जंगली रवैया देखायो : राप्रपा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२८:oo

काठमाडौंसहित देशका विभिन्न शहरमा आज जेनजी पुस्ताले भ्रष्टाचार, समग्र बेथितिविरुद्ध सरकारको गैरजिम्मेवार प्रतिबन्धको विरोधमा निकालेको शान्तिपूर्ण आन्दोलनमा सरकारले जंगली रवैवा देखाएको जनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितमा केन्द्रीय पदाधिकारीहरूको आज बसेको आकस्मिक बैठकले सरकारबाट भएको अत्यधिक बल प्रयोग र बर्बर दमनप्रति दुःख व्यक्त गरेको छ । साथै सरकारी कदमको घोर निन्दा एवं भत्सर्ना समेत गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– देश निर्माणको सुन्दर अभिलाषा लिएर प्रदर्शनमा सहभागी निर्दोष युवा पुस्ताले नेपालको इतिहासमै नभएको सरकारको बर्बर दमनबाट शहादत प्राप्त गर्नु परेको छ । भ्रष्टाचारविरुद्ध सडकमा ओर्लिएका नयॅा पुस्तालाई अन्धाधुन्ध बल र गोली समेत प्रहार गरेर सरकारले भ्रष्टाचारविरुद्धको आवाज निस्तेज र निमिट्यान्न पार्ने निन्दनीय र लाजमर्दो प्रयास गरेको छ । शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको छ। आजको बर्बर दमनपुर्ण घटनालाई राप्रपाले नेपाली इतिहासकै क्रुर र दुःखद् घटनाको रूपमा लिएको छ । यस घटनाबाट वर्तमान सरकारको उपादेयता समाप्त भएको राप्रपाको निश्कर्ष रहेको छ । तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि राप्रपा आव्हान गर्दछ ।

राप्रपाले असीम दुःखको यस घडीमा प्रहरीको गोली प्रहारबाट ज्यान गुमाएका युवाहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दै प्रहरी दमनबाट ठूलो संख्यामा घाइते भएकाहरू एवं समाचार संकलनका क्रममा घाइते पत्रकारहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।