मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ २३ सोमबार २o:१२:oo
Read Time : < 1 मिनेट
समाचार

आन्दोलनका घाइतेको ज्यान बचाउने जुनसुकै उपचार निःशुल्क गर्न स्वास्थ्य मन्त्रालयको सर्कुलर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार २o:१२:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भएको आन्दोलनमा घाइते नागरिकको ज्यान बचाउने जुनसुकै पनि उपचार निःशुल्क गर्न मातहतका सबै संघीय अस्पतालहरूलाई सर्कुलर गरेको छ। 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको अग्रसरतामा मन्त्रालयले संघीय अस्पतालमा आउने आन्दोलनका घाइतेहरूलाई कुनै शुल्क नलाग्ने गरी सिघ्र उपचारको व्यवस्था गर्न भनिएको छ।

यसैगरी, मन्त्रालयले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउन पनि निर्देशन दिएको छ। काठमाडौँ उपत्यकाको एम्बुलेन्स सञ्जाललाई अस्पतालबाट रिफर हुने बिरामीलाई अर्को अस्पातलमा लिएर जान सहजीकरणका लागि समेत आह्वान गरेको छ । 

साथै, सम्पूर्ण चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूलाई एकजुट भई घाइतेको उपचारमा जुट्न पनि मन्त्रालयले आह्वान गरेको छ।