
विराटनगर महानगरपालिकाले मंगलबार सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
जेएनजी पुस्ताको आन्दोलनका कारण उत्पन्न सुरक्षाका लागि भन्दै विराटनगर महानगरपालिकाले मातहतका निजी , संस्थागत र सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
महानगरपालिकाको निमित्त प्रसाशकीय अधिकृत रामप्रसाद ढुंगेलले सोमबार साँझ विज्ञप्ती जारी गर्दै मंगलबार एक दिनका लागि विराटनगर महानगरभरिका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको जानकारी गराएका छन ।