मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २३ सोमबार १७:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विमति राख्ने अधिकार छ, प्रदर्शनकारीमाथि बल प्रयोग बन्द गर : आयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १७:५८:oo

राष्ट्रिय मानव अधिकार आयोगले प्रदर्शनकारीमाथि बल प्रयोग नगर्न सुरक्षा निकायलाई आग्रह गरेको छ। आयोगले नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनबमोजिम आफ्ना विमति राख्ने अधिकार रहेको उल्लेख गर्दै प्रदर्शनकारीको माग सम्बोधन गर्न आग्रह गरेको छ।

‘लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरुलाई समयमै पहिचान गरी त्यसप्रकारका विमतिका आवाजहरुको समयमै यथोचित संवोधन गर्नुपर्दछ। यस प्रकारका प्रदर्शनहरु तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दुःखद छ,’ आयोगले विज्ञप्तीमार्फत् भनेको छ।

अनुगमनका क्रममा आयोगको टोली र सवारी साधनमाथिसमेत आक्रमण भएको भन्दै विज्ञप्तीमा प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज, पानीको फोहोरा, अश्रुग्याँस र गोली प्रहार गरेको पाइएको जनाएको छ।

जेन्जीको माग समयमै सम्बोधन गर्न आग्रह गर्दै आयोगले भनेको छ, ‘यस प्रकारका प्रदर्शनपूर्व नै उच्च सुरक्षा व्यवस्था तयार गरी थप क्षति हुन नदिन, प्रदर्शनमा अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजहरुको यथोचित रुपमा समयमै सम्वोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरुको निःशुल्क उपचार गर्न, घटनाको निष्पक्ष, विश्वसनीय र सूक्ष्म अनुसन्धान गरी घटनाका दोषीलाई कडा कारवाही गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ।’