मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
गणेश लम्साल विराटनगर
२o८२ भदौ २३ सोमबार १३:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामाजिक सञ्जाल बन्दको विरोधमा विराटनगरमा पनि जेन–जी पुस्ताको प्रदर्शन   

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १३:o५:oo

सामाजिक सञ्जाल निष्क्रिय बनाएर अभिव्यक्ति स्वतन्त्रताको अधिकार हनन गरेको र बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको भन्दै विराटनगरमा पनि  जेन–जी पुस्ताले प्रदर्शन गरेकाे छ ।  

जेन–जी पुस्ताले सोमबार दिउँसो  विराटनगरको संसारीमाईस्थानबाट प्लेकार्ड, राष्ट्रिय झन्डा बोकेर  नाराजुलुससहित दक्षिण रोडशेषचाेक हुँदै उत्तर महेन्द्र चाेकसम्म सामाजिक सञ्जाल निष्क्रिय गराएको र भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल भएको विरोधमा विरोध प्रदर्शन गरेकाे हाे ।  

जेन–जी पुस्ताको प्रदर्शनका कारण विराटनगरमा प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ । विराटनगरका जेन–जी पुस्ताले सोमबारको प्रदर्शनका लागि आ–आफ्नो समूहमा टिकटक, भाइबर र फोन एसएमएसमार्फत युवाहरूलाई हातमा पुस्तक र पम्प्लेट बोकेर, कापी–किताब, स्कुल वा कलेजको पोसाकमा उपस्थित हुन आह्वान गरेका थिए ।