
जुम्लामा निजामती कर्मचारी दिवसको अवसरमा आयोजित फुटबल प्रतियोगितामा प्राविधिक विजयी भएको छ। प्रशासन र प्राविधिक समूहबिच भएको प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्राविधिक समूह विजयी भएको हो।
महिलातर्फ प्राविधिक समूहले प्रशासन समूहलाई २–० गोलले पराजित गर्दा र पुरुषतर्फ प्राविधिक समूह २–१ गोल अन्तरले विजयी भयो। प्रथम हुने समूहले नगद १० हजार ५ सय रुपैयाँसहित सम्मानपत्र प्राप्त गर्दा दोस्रो हुने समूहले प्रमाणपत्रमा चित्त बुझायो।
कर्मचारी मिलन केन्द्रको आयोजनामा भएको प्रतियोगिता जिल्ला खेलकुद विकास समितिको व्यवस्थापन तथा एन्फा जुम्लाको प्राविधिक सहयोग रहेको थियो।