मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १८:३१:oo
Read Time : < 1 मिनेट
सप्तरंग

अलंकारको ‘शान्त शर्वरी’ लोकार्पित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १८:३१:oo

छन्दकविता र गजल लेखनमा सक्रिय रूपक अलंकार नयाँ कवितासंग्रह ‘शान्त शर्वरी’ लिएर आएका छन् । शनिबार उनको नवीनतम् कविताकृति ‘शान्त शर्वरी’ काठमाडौंमा लोकार्पण गरियो । कवि भुवनहरि सिग्देल, प्राडा भागवत ढकाल, डा. विन्दु शर्मा तथा साहित्यकार शैलेन्द्र अधिकारीले कविता कृतिको संयुक्त रूपमा विमोचन गरे ।

‘शान्त शर्वरी’ कवितासंग्रहमा ५० वटा कविता संकलित छन् । कवितामाथि टिप्पणी गर्दै सिग्देलले अलंकारले छन्दकविता लेखनमा कुशलता र सशक्तता प्राप्त गरेका बताए । प्राडा भागवत ढकालले कवि अलंकारले आफ्ना कवितामा पूर्वीय दर्शनलाई निचोरेर आलंकारिक ढंगमा प्रस्तुत गरेकाे बताए।

विषयगत विविधतालाई कवितामा उल्लेख्य स्थान दिएको चर्चा गर्दै अर्का समीक्षक डा. विन्दु शर्माले अलंकारका कवितामा प्रगतिवादी चिन्तन भेटिने कुरा उल्लेख गरिन् । त्यस्तै, शैलेन्द्र अधिकारीले अलंकारका कवितामा प्रगतिवादका साथमा व्यंग्यको समिश्रण भेटिने उल्लेख गरे।

विभिन्न पिंगल छन्दलाई कुशलतापूर्वक खेलाउने अलंकारका दुईवटा कविता संगीतकार सन्तोष श्रेष्ठले गाएका थिए भने ज्ञानु विद्रोही, देवु लुइँटेल र केशव भट्टराईले एक/एकवटा कवितावाचन गरेका थिए ।

यसअघि उनका ‘देशको पुर्पुरो’ गजलसंग्रह र ‘विश्रान्त’ महाकाव्य प्रकाशित छन्। कवि अलंकारको यो तेस्रो काव्यकृति हो। उनको अनुवादमा चाणक्यनीतिदर्पणुं पनि प्रकाशित छ।