मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २२ आइतबार १५:o८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा नासा सेक्युरिटिजको सहकार्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार १५:o८:oo

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२औँ संस्करणमा नासा सेक्युरिटिज पनि जोडिएको छ । यही भदौ २९ गते पोखरामा हुने अवार्ड कार्यक्रममा नासा सेक्युरिटिज सेयर ट्रेडिङ पार्टनरको रूपमा जोडिएको हो ।

सहकार्यसम्बन्धी सम्झौतापत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नासा सेक्युरिटिजले गरेको प्रायोजनबापत मञ्चले नासालाई सेयर ट्रेडिङ पार्टनरको स्थान दिनेछ ।

नासा सेक्युरिटिजका प्बन्ध निर्देशक पौडेलले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्ड कार्यक्रमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । ‘खेलाडीहरूलाई सम्मान गर्ने देशकै उत्कृष्ट कार्यक्रममा सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ । पहिलोपटक काठमाडौंबाहिर हुन गइरहेको यस अवार्डलाई भव्य सफलताको शुभकामना छ,’ पौडेलले बताए ।

मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो । ‘एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१’ को तयारी तीव्र गतिमा भइरहेको मञ्चले जनाएको छ । अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने प्रवर्द्धकमा पोखरा महानगरपालिका रहेको छ । यसपटक अवार्डमा भोटिङ पार्टनरमा खल्ती, पोसाक पार्टनरमा केल्मी नेपाल र अफिसियल होटेलमा मझेरी रिसोर्ट एन्ड स्पा रहेका छन् । अन्य सहप्रायोजकमा सूर्य नेपाल प्रालि, प्लाजा ग्रुप अफ होटेल, रोयल सिंगी होटेल, म्याजिस्टिक होटेल, हिमश्री फुड्सलगायत छन् ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ मा १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड रहेको छ ।  

खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा परेका खेलाडी विजय सिन्जाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल) का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आइएमई एपमार्फत भोटिङ पनि भइरहेको छ ।

पिपल्स च्वाइससहित वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र युवाका गरी पाँच विजेताले पल्सर मोटरसाइकल पुरस्कार पाउनेछन् भने अन्य विधाका विजेता तथा सम्मानित व्यक्तिले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।