मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २२ आइतबार १o:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेन्सेईका घरायसी सामान किन्दा मोटरसाइकल जित्ने अवसर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार १o:३७:oo

दसैँ, तिहार र छठलाई विशेष बनाउन इलेक्ट्रोनिक्स ब्रान्ड सेन्सेईले आकर्षक अफर ल्याएको छ । यस अफरअन्तर्गत ग्राहकले सेन्सेईका कुनै पनि घरायसी सामान खरिद गर्दा बम्परमा उपहारमा हिरो स्प्लेन्डर मोटरसाइकल जित्न सक्नेछन् ।

त्यसैगरी २५ प्रतिशतसम्म क्यासब्याक, पक्का उपहारका साथै मासिक उपहारमा सेन्सेईका वासिङ मेसिनसमेत पाइने कम्पनीले जनाएको छ । १९ भदौदेखि लागू भएको यस योजनामा सहभागी हुन ग्राहकले सेन्सेईका सामान खरिद गरेपछि विज्ञापनमा दिइएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरी पठाउनुपर्नेछ । 

यस योजनाअन्तर्गत ४३ इन्चसम्मको टिभीको खरिदमा आकर्षक क्यासब्याक तथा सोभन्दा माथिको टिभी खरिदमा साओमीको पोर्टेबल स्पिकर जित्न सकिनेछ ।

साथै, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर र सेस्ट फ्रिजरको खरिदमा आकर्षक क्यासब्याकका साथै सेमिअटोमेटिक वासिङ मेसिनमा तीन केजी एरियल र फ्रन्टलोड वासिङमा ६ केजी एरियल सरफ पाउनेछन् । सेन्सेईले हरेक चाडपर्वमा ग्राहकको जीवनशैलीलाई अझ सहज, रमाइलो र आधुनिक बनाउन विशेष योजना ल्याउने परम्परा निरन्तरता दिएको छ ।