मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २२ आइतबार o८:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भट्टराईको नेतृत्वमा सेजनको नयाँ कार्यसमिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार o८:१६:oo

आर्थिक पत्रकारहरूको छाता संगठन आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा भट्टराई ११० मतसहित अध्यक्ष चुनिएका हुन् । उनका प्रतिद्वन्द्वीद्वय विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत पाएका थिए ।

त्यसैगरी, उपाध्यक्षमा जीवनकुमार बस्नेत यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने महासचिवमा कमल बस्नेत चुनिएका थिए । बस्नेत एक सय ३९ मतसहित चुनिँदा उनका प्रतिद्वन्द्वी अच्युत पुरीले कुल एक सय चार मत ल्याए ।

साथै, सचिवमा शंकर पण्डित निर्विरोध निर्वाचित भए । एक सय ३३ मतसहित कोषाध्यक्षमा केशु लामिछाने विजयी हुँदा उनकी प्रतिद्वन्द्वी ममता थापाले १०८ मत ल्याइन् । सदस्यहरूमा अर्जुन तामाङ, कमल धिताल, भोजराज भण्डारी, राजु बाँस्कोटा र सीमा तामाङ विजयी भएका छन् ।