मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 07 September, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format २o:४o:oo
Read Time : < 1 मिनेट
समाचार

नक्कली नोटसहित तीन भारतीय र दुई नेपाली नागरिक पक्राउ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format २o:४o:oo

शुक्लाफाँटा नगरपालिका–३ जोनापुरबाट प्रहरीले भारतीय नक्कली रुपैयाँसहित तीन भारतीय र दुईजना नेपाली नागरिकलाई पक्राउ गरेको छन् । प्रहरीले सुक्रबार राति यूपी १४ बिएच २०७३ नम्बरको भारतीय नम्बर प्लेटको जिपबाट ७३ हजार पाँच सय भारतीय रुपैयाँ बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराले भारतीय नम्बर प्लेटको जिपमा रहेका पाँच सय दरका भारतीय नोट बरामद गरिएको बताए । 

जोनापुर क्षेत्रमा प्रहरी र नेपाली सेनाको संयुक्त कार्यवाहीका क्रममा उक्त रकम बरामद भएको हो । 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले गाडी पछ्याइरहेका बेला नेपाली सेना श्रीरणसिहं सुरक्षा गण जोनापुर पोस्टले भारतीय नम्बर प्लेट रहेको गाडीलाई रोकेर चेकजाँच गरेको थियो । 

चेकजाँचका क्रममा भारतीय नक्कली पाँच सय रुपैयाँका नोटसहित तीनजनालाई तत्काल पक्राउ गरेको थियो । जोनापुर क्षेत्रमा नक्कली नोटसहितको गाडी बन्द गरी घटनामा संलग्नहरू भाग्ने क्रममा नेपाली सेनाले पक्राउ गरेको हो ।

शुक्लाफाटा निकुञ्ज सुरक्षार्थ सेनाले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ गरिएको भारतीय नम्बरप्लेट रहेको गाडीमा सवार तीनजना र थप अन्य दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।

प्रवक्ता बोहराका अनुसार पक्राउ पर्नेमा भारत बरेली तेसिलमिगञ्ज ग्राम बस्ने २५ वर्षीय कुलदीप चतुर्र्वेदी, फटितेगञ्ज बस्ने २० वर्षीय अमित यादव उद्यमसिंहनगर उत्तराखण्ड बस्ने २४ वर्षीय हिमांशु शर्मा, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ३२ वर्षीय सौगातबहादुर सिंह, सोही ठाउँ बस्ने २४ वर्षीय चन्द्र बोहरा रहेका छन । स्थानीयका अनुसार पक्राउ परेका व्यक्तिहरूले शुक्लाफाँटा नगरपालिका वडा नम्बर १, २ र ३ का पसलहरूमा नक्कली नोट प्रयोग गरी सामान किन्ने गरेका थिए ।