
काभ्रेपलाञ्चोक जिल्लाको विकट गाउँपालिका महाभारतमा बाख्रा चराउन जाने क्रममा लडेर एकै दिन दुई जना घाइते भएका छन्। पूर्व शिक्षकसमेत रहेका ध्रुव दर्लामी मगर र तिर्थबहादुर आले मगर लडेर घाइते भएका हुन् ।
स्थानीय शिक्षक होमेन्द्र रानाका अनुसार शुक्रबार दिउँसो करिब ३ बजेतिर बाख्रा चराउन गएका दर्लामी र आले मगर घाइते भएको हो। दर्लामी घर्तिछापको सेपाईलोतर्फ बाख्रा चराउन गएका थिए । घाइते दर्लामीको टाउकोमा चोट लागेको भोमेटिङ गरिरहेको शिक्षक रानाले जानकारी दिए । त्यसरी नै घाइते आले मगर घमाइलोतर्फ बाख्रा चराउन गएका थिए। उनको लडेर खुट्टा भाँच्चिएको उनले बताए ।
घाइते दुबैजना ६० वर्षभन्दा बढी उमेरको रहेको राना मगरले जानकारी दिए । उनीहरुको घर्तिछाप स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि धुलिखेल अस्पतालतर्फ लगेको उनले जानकारी दिए ।