
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक जीवन सन्तोषप्रद हुनेछ । साझेदार वा सहयोगीको संगतले लाभ प्राप्त हुनेछ । परदेश वा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । तापनि, वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । आफन्तसँगको भेटघाटले मनमा प्रसन्नता थपिएला । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होला । गरेको कामबाट प्रशंसा मिल्नेछ । सानै प्रयासले पनि महत्वपूर्ण काम बन्ने योग छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) राज्यपक्षबाट सम्मानित हुने अवसर पाइनेछ । नयाँ कामको थालनी होला । व्यावसायिक कामबाट सोचेको लाभ मिल्नेछ । विद्यामा पनि प्रगति हुनेछ । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने वेला छ । बिहीबारपछि भने व्यवसाय खस्किएला । खर्च र थकाइसमेत बढ्ला । तापनि, सप्ताहान्त विशेष फलदायी रहने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) धार्मिक वा सामाजिक कामले अवश्यै प्रतिष्ठा दिलाउला । कामको दायित्व पनि थपिएला । व्यावसायिक काममा निकै नै उन्नति हुनेछ । राजनीति, नोकरीमा पनि पूर्वाद्र्धको समय लाभकारी होला । प्रतिनिधिमूलक यात्राको सम्भावना छ । आयआर्जन पनि प्रशस्त हुनेछ । प्रेम र मित्रताको गाँठो कसिएला । सप्ताहान्तमा भने खर्चमा वृद्धि र व्यवसायमा गिरावट आउने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सवारी चलाउँदा सतर्कताको खाँचो हुनेछ । ढिलो गरी कार्यसम्पादन हुने समय छ । मंगलबारदेखि स्थितिमा सुधार आई धार्मिक कृत्यमा रुचि बढ्नेछ । काममा प्रशंसा पाइएला । भ्रमणका साथै नयाँ कामको थालनी होला । आफ्नो क्षेत्रको नेतृत्व हात लाग्ला । व्यापार बढ्नुको साथै आयमूलक काममा पनि सफलता नै मिल्नेछ । नाम, दाम र इनाम पनि अवश्य नै हात पर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त र मित्रसँग भेटघाट र रमाइलो गरिनेछ । आफन्तबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । महत्वपूर्ण सामान हराउने सम्भावना छ । सानातिना समस्याले सताउलान् । तापनि, सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ । समयले साथ दिनेछ । धर्मकर्ममा मन जाला । सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ । कीर्ति पनि बढ्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) प्रगतिको समय छ । शत्रुपक्ष विस्थापित होलान् । अधुरा काम पनि अवश्य नै बन्नेछन् । प्रेमको बन्धन कसिने वेला छ । रमाइलो जमघटमा सरिक भइएला । यात्रासमेत सम्भावित छ । बिहीबार र शुक्रबारको समय अलि प्रत्युत्पादक रहला । सानातिना झमेलामै समय बित्ला । विवाद बढ्ने र चोटपटक लाग्ने योग छ, सचेत हुनुहोस् । तापनि, सप्ताहान्त भने फलदायी नै रहला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय उन्नतिकारक छ । विद्या, बुद्धि बढ्नेछ । बौद्धिक तथा व्यावसायिक पक्षबाट लाभ उठाउने मौका छ । शत्रु परास्त भएर जालान् । मुद्दासमेत किनारा लाग्नेछन् । काममा अवश्य पनि उत्साह थपिनेछ । मित्रताको गाँठो कसिएर जाला । नयाँ प्रेमसम्बन्ध स्थापित हुन सक्छ । तर, सप्ताहान्तमा भने पारिवारिक झमेला, काममा बाधा र स्वास्थ्यमा संकट आउला, सचेत हुनुहोस् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने योग छ । मंगलबारदेखि व्यापार–व्यवसाय तथा बौद्धिक क्षेत्रमा राम्रो प्रगति हुनेछ । प्रतिस्पर्धीहरू स्वत: निष्क्रिय होलान् । आर्थिक पक्ष पनि सबल बन्नेछ । स्वास्थ्यमा सुधार र काममा उत्साह थपिनेछ । प्रेमको बन्धन अवश्य नै कसिएर जाला । यात्रा पनि सम्भावित छ । समय निकै नै उत्साहपूर्ण रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) काममा सोचेजस्तै सफलता मिल्नेछ । सहयोगीले साथ दिनेछन् । उत्साह पनि बढ्नेछ । तर, मंगलबार र बुधबारको समय भने प्रत्युत्पादक रहला । निर्णय गलत ठाउँमा पर्नाले फाइदा अर्कैले लिन सक्छ । तापनि, निराश नहुनुहोस् । कर्मयोगका थप बाटा अवश्य खुल्नेछन् । पढाइलेखाइ र व्यवसायमा उन्नति हुनेछ । शत्रु पराजित होलान् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तपाईंका प्रशंसक अवश्यमेव थपिएलान् । उद्योग–व्यवसायमा पनि सोचेको प्रगति हात लाग्ला । प्रतिस्पर्धीले हार खालान् । तर, अरूको भरपर्ने समय छैन । आफन्तसँगको विश्वासमा पनि कमी आउला । खानपानको असावधानीले स्वास्थ्यमा पनि गिरावट आउला । पठनपाठनमा प्रगति हुनेछ । सप्ताहान्तमा विशेष लाभ होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) प्रियजनसँग भेटघाट हुनेछ । पार्टी, पिकनिक वा भोजभतेरमा जाने मौका मिल्ला । पारिवारिक जमघट हुने सम्भावना छ । सहयोगी जुट्नेछन् । कर्मयोगमा अभिवृद्धि हुनेछ । पराक्रम पनि बढेर जाला । आम्दानी पनि बढ्नेछ । तर, सप्ताहान्तमा आफन्तकै विश्वासघातमा परिएला । झुटा आरोप आइलाग्ने सम्भावना छ । सानो गल्तीले धोका हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) सुरुमा प्रशस्त आम्दानीको योग भए पनि खर्चको मात्रा बढ्ने देखिन्छ । आफ्नै ढिपीले पैसा र समय खेर जाला । तापनि, तपाईंका वैदेशिक काम अवश्यै बन्नेछन् । आइतबारपछि प्रियजनसँग भेट होला । आतिथ्यपूर्ण सम्मान पाइएला । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने वेला छ । प्रशंसक थपिएर जालान् । काममा पनि उत्साह थपिनेछ । भाग्यले साथ देला ।