मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
२o८२ भदौ १९ बिहीबार २o:o२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पोखरामा खाजाघर सञ्चालन गरी अनैतिक गतिविधि गर्ने चार पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार २o:o२:oo

खाजाघरको आवरणमा अनैतिक गतिविधि गरेको आरोपमा प्रहरीले चारजनालाई पोखराबाट पक्राउ गरेको छ। उनीहरूले सञ्चालन गरेको खाजाघरबाट ११ जना महिलाको उद्धार गरेको पनि प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा चितवन घर भई पोखरा– ८ जाल्पारोड बस्ने २८ वर्षकी सुनिता तामाङ, तनहुँ व्यास नगरपालिका– ८ घर भई पोखरा– ८ सृजनाचोक बस्ने १९ वर्षका सुवास गुरुङ, बाग्लुङ जैमिनी नगरपालिका– ८ घर भई पोखरा– ८ न्यूरोड बस्ने २१ वर्षका सागर थापा मगर र जैमनी नगरपालिका– ८ घर भई पोखरा– ८ न्यूरोड बस्ने २१ वर्षका शंकर थापा रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार पोखरा– ८ जाल्पारोडमा संचालनमा रहेका विभिन्न खाजा घरहरुमा होहल्ला भई अनैतिक गतिविधि भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी अन्य ११ महिलाहरुको उद्धार गरेको हो। उद्धार गरिएका महिलाहरुलाई कोपिला नेपाल संस्थामा पठाइएको प्रहरीले जनाएको छ।

यसैगरी, अनैतिक गतिविधिमा संलग्न रहेका खाजाघर सञ्चालकहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाएको ।

१३ हजार ५३० चक्की लागुऔषधसहित दुईजना पक्राउ
प्रहरीले पोखराबाटै १३ हजार ५३० चक्की लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। पोखरा– १८ चिसाखोलामा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट संयुक्त रुपमा खटिएको टोलीले चिसाखोला बस्ने १८ वर्षीय प्रकाश परियार र सोही स्थान बस्ने ३२ वर्षीय भिमबहादुर मगरलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुईमध्ये परियारको घरको कोठाबाट विभिन्न लागुऔषधका १२ हजार नौ सय चक्की, ग २५ प ४४३८ नम्बरको मोटरसाइकल र मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ। यसैगरी, मगरको घरको कोठाबाट लागुऔषधको ६३० चक्की, नगद दुई लाख ३९ हजार, लु.प्र.०१००७ प. ४४४७ नम्बरको स्कुटर र मोबाइल बरामद भएको छ।

पक्राउ परेका दुबैजनालाई लागुऔषध कारोबारसम्बन्धी कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

छुटाउनुभयो की ?