मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 04 September, 2025
तटबन्ध निर्माण गरिदेउ भन्दै आन्दोलित बनेका दोधभाराचाँदनीका बाढीपीडित ।
मोहन विष्ट कञ्चनपुर
Invalid date format १९:४९:oo
Read Time : > 1 मिनेट
समाचार

दोधाराचाँदनीका बाढीपीडित आन्दोलित, भन्छन्–अब चामल होइन, तटबन्ध चाहियो 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १९:४९:oo

कञ्चनपुरको दोधाराचाँदनी नगरका बाढीपीडित आन्दोलित भएका छन् । नगरपालिकाले राहत वितरणको नाममा दुई–चार बोरा चामल बाँढेकाे भन्दै जगबुढा नदीको बाढीबाट विस्थापित, प्रभावित बाढीपीडितहरू आन्दोलित भएका हुन् । 

बिहीबार उनीहरूले नगरपालिका कार्यालयमै पुगेर विरोध प्रर्दशन गरेका हुन् । उनीहरूले बाढीपीडितलाई दुई-चार बोरा चामल होइन, अब पीडितको स्थायी समस्या समाधानका लागि जगबुढा नदीमा स्थायी तटबन्ध निर्माण गरिनुपर्ने माग अघि सारेका छन्।

चामलमै बोकेर पालिका पुगेका पीडितहरूले वडा, पालिका, प्रदेश र संघीय चुनाव जितेर सत्तामा गएकाहरूले आफुहरूको समस्या समाधानभन्दा मोजमस्तीमा बढी केन्द्रित हुँदा वषौँदेखि आफूहरू वर्षातका वेला थातथलो छाड्नुपर्ने बाध्यता आएको आन्दोनकारीहरूको भनाइ छ। बाढीपीडित सर्वजित रोकायाले दोधाराचाँदनी नगरको विपद्को समस्या सबैलाई थाहा हुँदाहुँदै पनि समस्या समाधान गर्न नचाहेको बताए। ‘हामीहरूका पीडा देखाएर कसैलाई राजनीति, गर्न कसैलाई एनजिओआइएनजिओ चलाएर डलर पचाउने काम मात्रै भयो,’ उनले भने, ‘हाम्रा समस्या जस्ताका तेस्तै छन्।’ उनले गाउँगाउँमा आएका छोटे राजाहरूले जनताको पीडामा रमाउनबाहेक कुनै काम नगरेको बताए। 

अर्का बाढीपीडित लक्ष्मी पुन आफूहरूको समस्या सबैलाई अवगत भएपछि बाढीको दीर्घकालीन समस्या समाधान गर्न कसैले नचाहेको बताए । ‘चुनावका वेला नेता, दलहरूले झुटा आश्वासन दिन्छन्, हामीहरूको नाममा सरकारले करोडौँ खर्च गर्छ, एनजिओहरूले दुई पोका चाउचाउ दिएर ठुलो-ठुलो प्रचारबाजी गर्छन्, तर समस्या समाधानतर्फ कसैको चासो नै छैन ।’

उनले पीडितको पीडामा रमाउने वडा, पालिका, प्रदेश र संघीय सरकारलाई आफूहरूले संकलन गरेर ल्याएको चार बोरा चामल पालिकामार्फत वडासहित तीनै सरकारलाई बुझाएको बताए । 

दोधाराचाँदनी नगरका अगुवा भीम कुमालले चुनावका वेला दल, तिनका नेताहरूले एजेन्डा बनाउने, चुनाव जितेपछि केही गर्ने अर्को चुनावका लागि एजेन्डा बनाउने प्रवृत्ति हावी भएको बताए । उनले एनजिओ, आइएनजिओहरुले एक दुई छाक वा नास्ता दिएर  प्रचारबाजी गर्नुको कुनै तुक छैन, त्यस्तो काम स्थानीय सरकारले पनि गर्नुपर्ने बताए ।

पीडितको नाम देखाएर राजनीतिक र गाँस देखाएर डलर पचाउने एकै प्रवृति भएको बताउँदै उनले उक्त समस्याको दीर्घकालीन समाधान स्थायी तटबन्ध भएको बताए । उनले दीर्घकालीन विपत् व्यवस्थापन गरेर मानवीय, भौतिक संरचना सुरक्षा गर्न सुझाव दिएका छन्। 

स्थानीय अगुवा तमानसिंह गुरुङ्ग अब पीडितलाई राहत होइन, निकास दिनुपर्ने बताउँछन् । ‘हरेक वर्ष वर्षातका वेला पानी पर्छ, नदीखोला नालाको सतह वृद्धि हुन्छ, त्यही वृद्धि भएको पानी विभिन्न ठाँउमा कमजोर बनाएको बाँध भत्काएर गाँउतिर हुईकिन्छ, गाउँमा डुवान एक जर्ष होइन हरेक वर्ष हुन्छ,’ उनले भने, ‘चुनावका वेला दल, नेताहरूलाई जनताका पीडा देखाएर भोट माग्न र चुनावी एजेण्डा बनाउन पनि हुन्छ, एनजिओ आइएनजिओहरूलाई त्यही विपद् देखाएर दातृ निकायबाट प्रपोजल हालेर डलर भित्र्याउन मात्रै भएको छ ।’ उनले विपद्मा परेका जनताको पीडा देखाएर दल, तिनका नेता, जनप्रतिनिधि, सांसद, मन्त्रीलाई राजनीति गर्न र एनजिओ आइएनजिओहरूलाई डलर पचाउने बहानाबाजी मात्रै भएको बताए । 

दोधाराचाँदनी नगरका मेयर किशोरकुमार लिम्बूले पालिकासँग तटबन्ध निर्माणका लागि बजेट नहुने, प्रदेश र केन्द्रले नदिँदा समस्या हुने गरेको बताए । मेयर लिम्बूले पालिकासँग प्रर्याप्त बजेट नहुँदा विपद् समस्या समाधान हुन नसकेको बताए । 

कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले बिहीबारसम्ममा रामपुरेटापु, शान्ति टोलका ३७ परिवार घर फर्किसकेको र पटराखल्लाका पीडित पनि फर्किने क्रम जारी रहेको बताए । पीडितहरूले माग पुरा नहुँदासम्म तीनै तहका सरकारविरुद्ध आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

पाँचदिनदेखि लगातार परेको वर्षासँगै जगबुढा, महाकाली, दोदा, चौधर नदीखोला नालाले कटानी, पटानी एव डुबान, बाढीको समस्या निम्त्याएको छ । 

 


 

छुटाउनुभयो की ?