मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:१२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

एनएमबि बैंकका कर्मचारी र ग्राहकलाई बुटवल हस्पिटलमा १५ प्रतिशतसम्म छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:१२:oo

एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवलस्थित बुटवल हस्पिटल प्रालिका सेवामा छुट प्राप्त गर्ने भएका छन्।  एनएमबि बैंक र बुटवल हस्पिटल प्रालिबीच छुट प्रदानसम्बन्धी सम्झौता भएको हो।

सम्झौताअनुसार एनएमबि बैंकका कर्मचारी÷परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछन्। हस्पिटलले प्रदान गर्ने बेड चार्ज, ल्याव टेस्ट, अप्रेसन चार्ज, युएसजी, इसिजी, इको, एक्सरे, फिजियोथेरापी र मेडिसिनमा ५ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट हुनेछ।

सम्झौताले बैंकका कर्मचारी-परिवार तथा ग्राहकहरूलाई उपचारको क्रममा राहत हुने विश्वास लिएको बैंकले जनाएको छ। सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रालिका अध्यक्ष चुन्नुप्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरेका हुन्।

छुट पाउनका लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ। भुक्तानीको लागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ,  मोबाइल बैंकिङ, कर्पोरेट पे, आइपिस वा क्युआर कोड  प्रयोग गर्नुपर्नेछ।