मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 04 September, 2025
Invalid date format १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा चितुवाको आक्रमणबाट एकजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४४:oo

बर्दियामा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्। चितुवाको आक्रमणबाट मधुवन नगरपालिका– १ बड्कीटडुवाका ५५ वर्षीय बाँधुराम चौधरी घाइते भएका हुन्।

चौधरी मधुवन नगरपालिका– १ मा रहेको औरही सामुदायिक वनमा बाख्रा चराउन गएका थिए। बाख्रा चराएर घर फर्किन लाग्दा दिउँसो ३ बजेको समयमा चितुवाले आक्रमण गरेको थियो। घटनालगत्तै चौधरीलाई उपचारका लागि बर्दिया अस्पताल गुलरिया ल्याइएको थियो।

चौधरीको निधार, टाउको र हातमा चोट लागेको बर्दिया अस्पतालका मेडिकल अधिकृत चन्द्रप्रकाश तिमिल्सिनाले बताए। उनले भने, ‘घाइते भएर उपचारका लागि ल्याइएको चौधरी अहिले होसमा हुनुहुन्छ। शरीरबाट रगत धेरै बगेको हुँदा उहाँको स्वास्थ्य अवस्था चिन्ताजनक छ।’

छुटाउनुभयो की ?