
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ ।
समितिको मंगलबार बिहान ९ बजेदेखि सुरु भएको बैठकमा प्रतिवेदनको मस्यौदामाथि छलफलपछि प्रतिवेदन पारित भएको हो ।
पारित प्रतिवेदनलाई समितिअन्तर्गत रहेको उपसमितिले अन्तिम रूप दिएपछि सभापति र समिति सचिवको हस्ताक्षरपछि राष्ट्रिय सभा बैठकमा आजै पेस हुनेछ ।