मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १७ मंगलबार
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १७ मंगलबार ११:३२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एलजी नेपालको ‘खुसीको ४० वर्ष’ विशेष दसैँ–तिहार अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १७ मंगलबार ११:३२:oo

एलजीले आफ्नो ४० वर्षे यात्रालाई उत्सवका रूपमा मनाउँदै ‘खुसीको ४० वर्ष’ नामक दसैँ–तिहार अभियान सार्वजनिक गरेको छ । नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध यो अभियानअन्तर्गत उपभोक्ताले ४० प्रतिशतसम्म नगद छुट र पक्का उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यो विशेष अफर भदौ १६ गतेदेखि नेपालभर लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले उपभोक्ताको आवश्यकताअनुसार शून्य प्रतिशत इएमआईमा किस्ताबन्दीमा सामग्री खरिद गर्न सकिनेछ । साथै, ३२ इन्च वा सोभन्दा ठुलो टिभी किन्दा नौ महिनाको नेट टिभी सब्स्क्रिप्सन पाइनेछ ।

मुख्य आकर्षण
- फ्रन्ट लोड वासिङ मेसिन (११ केजीसम्म)– ६ केजी एरियल म्याटिक उपहार
- फ्रन्ट लोड वासिङ मेसिन (१३ केजी+)– इन्डक्सन चुलो उपहार
- टप लोड/ट्विन टब वासिङ मेसिन– तीन लिटर एरियल लिक्विड उपहार
- डिसवासर– २ प्याक डिसवासिङ ट्याब्लेट उपहार
- साइड–बाई–साइड फ्रिज– माइक्रोवेभ ओभन उपहार
- डबल डोर फ्रिज (३०८ लिटरसम्म)– प्रेसरकुकर उपहार
- डबल डोर फ्रिज (३४० लिटर+)– मिक्सर ग्राइन्डर उपहार
- माइक्रोवेभ ओभन– कुकिङ किट उपहार
- एयर कन्डिसनर– नि:शुल्क इन्स्टलेसन
- ० प्रतिशत इएमआई (अन–द–स्पट, नो–कस्ट)– सजिलो किस्ताबन्दी खरिद