मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १६ सोमबार १८:o७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सिटी एक्सप्रेसको दसैँतिहार योजना : हरेक हप्ता एकजनालाई एक लाख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार १८:o७:oo

सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०८२ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूसँग पर्वको खुसी साट्न लगातार ९ हप्तासम्म चल्ने गरी ‘यो दसैँ, तिहारमा सिटी एक्सप्रेसको साथ हरेक हप्ता एक लाख’ उपहार योजना घोषणा गरेको छ।

उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर कलाकार जितु नेपालको उपस्थिति थियो। यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत हरेक हप्ता एकजनाले रु. १ लाख र हरेक दिन सबैलाई सिटी पेबाट क्यास ब्याक पाउने सिटी एक्सप्रेसले जनाएको छ।

कम्पनीका अनुसार यो अफर भाद्र १६ देखि कात्तिक १५ सम्म लागू हुनेछ। यो अवधिभरि सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू हुनेछैन।

छुटाउनुभयो की ?