मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ भदौ १६ सोमबार १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा पहिलो स्टेम सेल अनुसन्धान केन्द्र स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार १८:१o:oo

नेपालमा पहिलोपटक स्टेम सेल अनुसन्धान केन्द्र (NSCRC) स्थापना गरिएको छ। काठमाडौंमा सुरु गरिएको यस केन्द्रलाई स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

उज्ज्वल भण्डारी, डा. रघुराम भण्डारी र अमोद शर्माको नेतृत्वमा स्थापना भएको केन्द्रमा अत्याधुनिक प्रयोगशाला सुविधा रहेको छ। यहाँ उत्पादन हुने स्टेम सेल अस्पताल तथा चिकित्सकलाई उपलब्ध गराइनेछ।

केन्द्रले क्यान्सर, रक्तसम्बन्धी समस्या र रोग प्रतिरोधात्मक प्रणालीसम्बन्धी रोगको उपचारका लागि अनुसन्धान गर्ने लक्ष्य लिएको छ। हाल भने नेपालमा स्टेम सेल थेरापीसम्बन्धी कानुनी संरचना अझै विकास चरणमा रहेको छ।

स्वास्थ्यविज्ञहरूले केन्द्रलाई बिरामीका लागि आशाजनक कदमको रूपमा लिएका छन्। केन्द्रले नेपाललाई दक्षिण एसियामा स्टेम सेल अनुसन्धान तथा उपचारको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

स्टेम सेल प्रयोग गरी विभिन्न रोग क्षतिग्रस्त अंग उपचार, रोगका कारणबारे अनुसन्धान गर्न सकिन्छ, साथै नयाँ औषधि विकासमा पनि यसको प्रयोग गर्न सकिन्छ। यसैले स्टेम सेललाई स्वास्थ्य क्षेत्रमा अत्यन्तै आशाजनक मानिन्छ।

छुटाउनुभयो की ?