मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 04 September, 2025
Invalid date format १६:५२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल र बंगलादेशको खेल आयोजना गर्न एक करोड २७ लाख बजेट, टिकट एन्फाले नै बेच्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५२:oo

नेपाल र बंगलादेशबिच आयोजना हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनुमानित एक करोड २७ लाख बजेट विनियोजन गरेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै एन्फा प्रवक्ता सुरेश शाहले दुई खेलको लागि एक करोड २७ ५८ हजार १६८ रुपैयाँ (९३,८१० अमेरिकी डलर) रहेको बताए।

नेपाल र बंगलादेशबिचको फिफा विन्डोको खेल भदौ २१ र २४ गते हुने प्रवक्ता शाहले जानकारी दिए। यो खेलको नतिजाअनुसार फिफा वरीयता पनि हेरफेर हुनेछ।

एन्फाले यो खेलका लागि तयारी तीव्र रूपमा अगाडि बढेको जनाएको छ। यस्तै, दुवै खेलहरूको टिकटिङ अधिकार एन्फाकै स्वामित्वमा रहने पनि प्रवक्ता शाहले बताए। एन्फाले भिआइपी प्यारापिटतर्फको एक हजार तथा सामान्य प्यारापिटतर्फ पाँच सय टिकटदर निर्धारण गरेको छ।

नेपालसँग खेल्न बंगलादेशको राष्ट्रिय टोली सेप्टेम्बर ३ मा नेपाल आइपुग्नेछ। टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेलमैदान र च्यासलस्थित च्यासल रंगशालाको मैदानमा व्यवस्था गरिएको छ।

यता, एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिएको छैन। मैदानको सतह नमिलेको, ड्रेनेज राम्रो नभएको, सिट नम्बर व्यवस्थित नभएको, प्यारापिट छिर्ने गेट सहज नभएको, भिआइपीदेखि मिडिया प्रवेश र खेलाडी प्रवेश गर्ने गेट एउटै भएको, मैदानको जमिन सतह बराबर नभएको जनाउँदै एएफसीले मलेसिया र भियतनामविरुद्धको खेल दशरथ रंगशालामा गराउन नसक्ने एन्फालाई जानकारी गराएको छ। 

उसले न्युट्रल भेन्यु खोज्न पनि अनुरोध गरेको छ।

छुटाउनुभयो की ?