मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 04 September, 2025
Invalid date format १५:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताप्लेजुङमा बाढीबाट लाखौँको क्षति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१o:oo

ताप्लेजुङ जिल्लामा गएरातिको अविरल वर्षाका कारण लाखौँ रकमबराबरको क्षति भएको छ। बाढीले सिरिङ्घा गाउँपालिका– १ स्थित सिनाम पावरहाउसको निर्माण सामग्री बगाउँदा आर्थिक क्षति भएको हो।

वर्षासँगैको बाढीले सिनाम पावरहाउसको दुईवटा एक्स्काभेटर र दुईवटा टिपर काबेली खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। प्रनि बस्नेतले दुई एक्स्काभेटर भने पावरहाउसदेखि करिब २० मिटर तल डुबेको अवस्थामा फेला परेका बताए। दुई टिपर अझै भेटिएका छैनन्।

एक्स्काभेटर र टिपरको नम्बर खुल्न नसकेको र टिपरको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। यस घटनामा मानवीय क्षति भने नभएको प्रहरीले पुष्टि गरेको छ।

फक्ताङलुङमा करेन्ट लागेर एकजनाको मृत्यु
ताप्लेजुङकै फक्ताङलुङ गाउँपालिका– ६ का अन्दाजी ३० वर्षीय सन्तोष राईको करेन्ट लागेर ज्यान गएको छ। आइतबार अपराह्न ४ बजे फक्ताङलुङ– ५ मा रहेको तक्मेवा खोलामा निर्माणाधीन पुलमा ग्लेन्डर मेसिन जडान गर्ने क्रममा राईलाई करेन्ट लागेको हो।

गम्भीर घाइते भएका उनलाई तत्काल तापेथोक आधारभूत अस्पताल लगिएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो की ?