
कञ्चनपुरमा चार दिनदेखि नियमित रूपमा परिरहेको सिमसिमे वर्षातले जलमग्न, डुबानदेखि कटानसम्मै निरन्तर भइरहेको छ।
सिमसिमे वर्षातले नदीनाला, खहरे खोलाको सतह वृद्धि हुँदा तटीय क्षेत्रमा जलमग्न, डुबानदेखि पानीको सतह घट्ने वेला कटान भइरहेको छ । जिल्लाको उत्तरी भेगदेखि दक्षिणीसम्मै नदीतटीय क्षेत्रमा उर्वर जमिन कटानी भइरहेको छ भने त्यस्तै गरेर जलमग्नदेखि डुबान भइरहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चपुरका प्रवक्ता डिएसपी सागर बोहराले महाकाली नदीमा झन्डै एक लाख ४०हजार क्युसेक पानीको सतह पुगेपछि बनबासा पुलमा फेरि चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
प्रवक्ता बोहराले जोगबुढा नदीको सतह वृद्धि भएपछि दोधाराचाँदनी नगरपालिका– ८ रामपुरे टोलका २५ घर डुबानमा परेका छन् ।
भुजेला खोलाले भीमदत्त नगरपालिका– ११, चौकीसाताका पाँच परिवार डुबानमा परेका छन् । डुबानमा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जगबुढा नदीले कुतिया कबर क्षेत्रमा कटानी गरिरहेको छ ।