मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
Invalid date format २२:o७:oo
Read Time : < 1 मिनेट
समाचार

बारामा थप एकजनामा हैजा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:o७:oo

बारामा थप एकजनामा हैजा संक्रमण पुष्टि भएको छ । कलैया उपमहानगरपालिका–१९ का ४५ वर्षीय मनीर अन्सारीमा हैजा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पताल कलैयाका प्रमुख तथा मेसु डा. अजयकुमार गुप्ताले जानकारी दिए । 

स्वास्थ्य कार्यालय बाराका प्रमुख राम नरेश यादवका अनुसार अन्सारी हाल प्रादेशिक अस्पताल कलैयामा उपचाररत छन् । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताए छन् । 

यसअघि बुधबार कलैया उपमहानगरपालिका–१८ पतौराका करिब ३५ वर्षीय देवनाथ पटेलमा पनि हैजा संक्रमण पुष्टि भएको थियो । पटेलमा संक्रमण देखिएलगत्तै स्वास्थ्यकर्मीको टोली उनको घर र वस्तीमा खटिएको थियो । टोलीले संक्रमितको घर वरपर खानेपानी परीक्षण, रोग नियन्त्रणका लागि क्लोरिन छर्कने र सम्भावित संक्रमितको स्वास्थ्य परीक्षण गरेको कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोदप्रसाद साहले बताए ।

दुई जनामा संक्रमण पुष्टि भएपछि जिल्लामा त्रास फैलिएको छ । स्थानीयवासी असुरक्षित खानेपानी र कमजोर सरसफाइ व्यवस्थापनका कारण रोग अझै फैलिने त्रसमा छन् ।  
स्वास्थ्य शाखाले निगरानी तीव्र बनाए पनि रोग नियन्त्रणका स्थायी प्रयास गर्न सरकारी निकायले ढिलाइ गरिरहेको भन्दै आलोचना भइरहेको छ । ‘सिर्फ क्लोरिन छर्केर हैजा नियन्त्रण हुँदैन, सरकारले खानेपानी आपूर्ति सुधार गर्न र जनचेतनामूलक अभियान तत्कालै चलाउनुपर्छ,’ एक स्थानीय स्वास्थ्यकर्मीले भने ।

स्वास्थ्य निकायले सुरक्षित खानेपानी प्रयोग गर्न, खानपानमा विशेष ध्यान दिन र हैजासँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।