मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
डिलाराम भुसाल कपिलवस्तु
Invalid date format २o:४५:oo
Read Time : < 1 मिनेट
समाचार

कपिलवस्तुको चार नम्बर–तौलिहवा सडकखण्डमा विस्फोट

विस्फाेटपछि सडकमा १० फिट गहिराे खाडल

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format २o:४५:oo

कपिलवस्तुको तौलिहवा चार नम्बर सडकखण्डअन्तर्गत कपिलवस्तु नगरपालिका–१०, पचेहराहाट बजारनजिकै बिहीबार साँझ ६ बजेतिर विस्फोटक पदार्थ विस्फोट हुँदा मुख्य सडक ध्वस्त भएको छ।

बिचसडकमा बमजस्तै ठुलो आवाजसहित विस्फोट भएको स्थानीयले बताएका छन्। प्रहरीले भने सडकभित्र दबेर रहेको विस्फोटजन्य पदार्थ आफैँ विस्फोट भएको हुन सक्ने बताएको छ।  

विस्फोटले १० फिट जति गहिरो खाल्टो र चार फिट चौडा सडक ध्वस्त भएको छ। कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले सडकमा दबेर रहेको विस्फोटजन्य पदार्थ विस्फोट भएको बताए। 

अस्थायी प्रहरी पोस्ट जहदीका अनुसार सडकखण्डमा ठुलो आवाजमा विस्फोट भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार उक्त विस्फोटबाट सडकखण्डमा क्षति पुगे पनि अन्यत्र कुनै क्षति भएको छैन। घटनाको अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ।