
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा चार सय रुपैयाँले बढेर एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन तोलामा एक लाख ९९ हजार रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर दुई हजार ३५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी दुई हजार ३४५ रुपैयाँ कायम भएको थियो ।