मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
राष्ट्रपति पौडेल आउने भएपछि बुधबार मादी मावि सजावट गरिँदै ।
नवीन गुरुङ संखुवासभा
Invalid date format १९:१७:oo
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रपति रामचन्द्र पौडेल भोलि संखुवासभा आउँदै

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १९:१७:oo

राष्ट्रपति रामचन्द्र पौडेल भोलि (१२ भदौ बिहीबार) संखुवासभा आउने भएका छन् ।

संखुवासभाको मादी नगरपालिकास्थित मादी माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव तथा हीरक महोत्सव उद्घाटन गर्न राष्ट्रपति पौडेल आउने भएका हुन् ।

जिल्लाको ऐतिहासिक महत्व बोकेको प्रतिष्ठित शैक्षिक संस्था मादी माध्यमिक विद्यालय ७५औँ वार्षिकोत्सवको अनावरण तथा उद्घाटन गर्न मादी आउने निश्चित भएको मादी माध्यमिक विद्यालयका प्रधानाध्यपक विश्वनाथ सुवेदीले बताए । 

राष्ट्रपति पौडेल दिउँसो हेलिकोप्टरमार्फत आउने र भोलि नै फर्किने कार्यक्रम रहेको विद्यालयको भनाइ छ। 

मादी माध्यमिक विद्यालय संखुवासभाका पुराना र प्रमुख शैक्षिक थलोमध्ये एक हो । विद्यालयले ७५ वर्षको शैक्षिक यात्रालाई विशेष समारोहमार्फत सम्झन र भावी पुस्तामा थप ऊर्जा भर्न ‘हीरक महोत्सव’ आयोजना गरेको विद्यालयको भनाइ छ। 

राष्ट्रपति पौडेल आउने भएपछि मादी नगरपालिकाले भोलि एक दिन स्थानीय सार्वजनिक बिदा दिएको छ। मादी नगरपालिकाका मेयर जीवन लिङथेपले विज्ञप्ति जारी गर्दै नगरमातहत रहेको सम्पूर्ण कार्यालय र शैक्षिक संघसंस्थाहरू बन्द रहने जनाएको छ ।