मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
सुमनसिंको घर निर्माणका लागि गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र कांग्रेस राक्सिराङका सभापति वीरेन्द्र जिम्बालाई जिम्मेवारी दिँदै मुख्यमन्त्री बानियाँ ।
२o८२ भदौ ११ बुधबार १८:१७:oo
Read Time : > 1 मिनेट
समाचार

सुमनसिंह चेपाङले दसैँअगावै पाउने भए नयाँ घर

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा बनाइदिँदै छन् घर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार १८:१७:oo

मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका २६ वर्षीय सुमनसिंह चोपाङ  (प्रजा) अब छाप्रोमा होइन, पक्की घरमा बस्ने भएका छन् । सुमनसिं दम्पतीलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले व्यक्तिगत खर्चमा घर निर्माण गरिदिने भएका हुन् ।

मुख्यमन्त्री बानियाँले सुमनसिंको घर निर्माणका लागि गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र कांग्रेस राक्सिराङका सभापति वीरेन्द्र जिम्बालाई जिम्मेवारी समेत दिएका छन् । बुधबार मुख्यमन्त्री कार्यालयमा अध्यक्ष मल्ल र सभापति जिम्बा लागयतको टोलीलार्ई भेट्दै मुख्यमन्त्री बानियाँले सुमनसिं दम्पतीले दशैंअघि नै घरमा बस्न पाउनेगरी काम गर्न निर्देशन दिएका हुन् ।

यसअघि गत २० साउनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँले पदभार ग्रहण गर्दै प्रदेश सरकारबाट आपूmले प्राप्त गर्ने तलब भत्ताबाट निर्वाचन क्षेत्रका अति विपन्न परिवारका लागि घर बनाइदिने घोषणा गरेका थिए । सोही निर्णयलाई कार्यान्वयन गर्दै मुख्यमन्त्री बानियाँले सुमनसिंहको परिवारलाई घर बनाइदिने भएका हुन् । 

लामो समयदेखि छाप्रोमा कष्टकर जीवन बिताउँदै आएका सुमनसिंहकी श्रीमती एक महिनाअघि सुत्केरी भएकी थिइन् । खानाका लागि खोरियाको भर र घामपानीबाट बच्न छाप्रो मात्रै भएका सुमनसिंलार्ई तत्काल गाउँपालिकाले चामल, दाल, तेल, नुन, कम्बल र त्रिपाल उपलब्ध गराएको थियो । तर, बजेट पालिकामा बजेट अभावमा सुमनसिं प्रजाको लागि घर निर्माण सम्भव नभएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

एक महिनाकी सुत्केरीसहित छाप्रोमा अति कष्टकर जीवन विताउँदै आएको विषय अध्यक्ष मल्ल र सभापति जिम्बाले मुख्यमन्त्री बानियाँलाई जानकारी गराएका थिए । आफ्नो तलब भत्ताबाट निर्वाचन क्षेत्रका अति विपन्न परिवारलाई आवास सुविधा उपलब्ध गराउने प्रतिबद्धताअनुसार नै सुमनसिंहको परिवारलाई दशैँअघि नै घर बनाइदिने निर्णय गरेको मुख्मयन्त्री बानियाँले बताए ।

‘म राजनीति सेवाका लागि गर्छु, मेरो जीवन निर्वाहका लागि त व्यापार व्यवसाय छँदैछ,’ उनले भने, ‘मैले प्रदेश सरकारबाट प्राप्त गर्ने सेवा सुविधा बापतको तलब भत्ता आफ्नो क्षेत्रका नागरिकको आवश्यकतामा खर्च गर्न पाउँदा खुशी छुँ । म यो कामलाई निरन्तरता दिन्छु ।’

गाउँपालिका अध्यक्ष मल्ल र कांग्रेस राक्सिराङ सभापति जिम्बाको सिफारिसमा सुमनसिंह चेपाङको परिवारको लागि मुख्यमन्त्री बानियाँले दुई कोठा, एउटा भान्छा र ट्वाइलेटसहितको घर तत्काल निर्माण गर्न निर्देशन दिएका छन् । घर निर्माण गर्दा खर्च हुने सम्पूर्ण रकम मुख्यमन्त्री बानियाँले व्यक्तिगत रूपमा बेहोर्नेछन् ।

यसअघि पनि मुख्यमन्त्री बानियाँले मनहरी गाउँपालिका–९ की विपन्न दलित एकल महिला मिठुमाया सुनारलाई घर निर्माणका लागि पहिलो किस्ता बापत दुई लाख रुपैयाँ सहयोग गरिसकेका छन् ।