मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 26 August, 2025
Invalid date format १६:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

तेक्वान्दो लिग बिहीबारबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:१४:oo

नेपाल तेक्वान्दो संघ (एनटिए)ले चौथो संस्करणको (ग्यरोगी र पुम्से) लिग आगामी बिहीबारदेखि आइतबारसम्म आयोजना गर्ने भएको छ। संघले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता सातदोबाटोस्थित संघको केन्द्रीय हलमा आयोजना हुने जानकारी दिएको हो।

संघका उपाध्यक्ष एवं प्रतियोगिता आयोजना समिति संयोजक भानबहादुर चन्दले यस संस्करणमा ५४५ महिला र ९५० पुरुष गरी जम्मा एक हजार ४९५ खेलाडीले प्रतिस्पर्धा गर्ने बताए। चारदिने प्रतियोगितामा ग्यरोगी र पुम्सेमा गरी ३८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता सञ्चालनका लागि ४० जना निर्णायक तथा प्राविधिक परिचालन गरिने संघले जनाएको छ। संयोजक चन्दले लागत तत्काललाई संघले हेर्ने र लागतअनुसारको रकम राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बुझाउने तयारी गरेको बताए।

उनका अनुसार यहाँबाट छनोट भएका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछन्। यो लिगमा मिसन २०२६ को तयारी गरिरहेका खेलाडी भने समावेश हुने छैनन्।