मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १० मंगलबार
  • Tuesday, 26 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १० मंगलबार १४:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आमाजस्तै बनेर बच्चा हुर्काउनेलाई मानव तस्करीको आरोप लगाएर हटाउन खोज्नु तुच्छ राजनीति : सोविता गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १० मंगलबार १४:१६:oo

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले दुई ठुला दलले आफ्नो राजनीतिक स्वार्थ पूर्तिका लागि उपसभामुख इन्दिरा रानालाई झुटा आरोप लगाएर हटाउन खोजेको बताएकी छिन्।

हरितालिका तिजका अवसरमा रास्वपाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गौतमले कारागारमा रहेका व्यक्तिका बच्चाहरूको पालनपोषणमा आफ्नो जीवन समर्पण गरेकी रानामाथि संवैधानिक परिषद्को अंकगणित र भागबन्डा मिलाउने नाममा कांग्रेस–एमालेले आचरणको कुरा उठाएर हटाउन खोजिएको र यसको जवाफ जनताले खोज्ने बताइन्। 

‘हाम्रो पार्टीबाट उपसभामुख बनेर जानुभएकी इन्दिरा रानालाई पनि आज रास्वपाबाट हो भनेर यति खेदो गर्नुभएको छ, यति नराम्रो तुच्छ कुरा गर्नुभएको छ कि भनिसाध्य छैन। जसले जीवनभर आफ्नो नाम बिर्सेर नाम नै आमा भनेर उपनाम कमाएको छ, जीवन समर्पण गरेको छ, त्यस्तो व्यक्तिलाई आज सदनका दुई ठुला दलका नेताहरूले महिला भएकैले यति धेरै नकारात्मक कुराहरू गरिरहेका छन्,’ उनले भनिन्, ‘आज एउटी आमालाई झुटा आरोप लगाएर आफ्नो राजनीति सोझ्याउन यतिसम्म कुरा गर्नेहरूले आफ्ना छोराछोरीलाई भोलि गएर के जवाफ दिँदा हुन् ?’

संवैधानिक परिषदमा आफूअनुकूलका मान्छे नियुक्तिका लागि यो प्रपञ्च रचिएको उनको दाबी छ। सांसद गौतमले रास्वपा सभापति रवि लामिछानेलाई पनि राजनीतिक प्रतिशोध साधेर मुद्दामाथि मुद्दा र जेलमा राखिएको बताइन्।