मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १० मंगलबार
  • Tuesday, 26 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १० मंगलबार ११:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपालमा धर्म प्रचारमा संलग्न अमेरिकी नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १० मंगलबार ११:५२:oo

बिजनेस भिसामा नेपालमा बसेर धर्मको प्रचारमा संलग्न अमेरिकी नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ। डेनियल कोर्नीलाई विभागले पक्राउ गरी निष्कासनको प्रक्रिया अघि बढाएको हो। 

विभागका प्रवक्ता टीकाराम ढकालका अनुसार उनले सार्वजनिक स्थानहरूमा धर्मको प्रचार गर्दै हिँडेको भिडियो प्राप्त भएपछि पक्राउ गरिएको हो। उनी क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका थिए। 

पछिल्लो समय विभागले नेपालमा बसेर धर्म प्रचारलगायत भिसा प्रयोजनविपरीतको गतिविधिमा संलग्न विदेशीमाथिको कारबाहीलाई तीव्रता दिएको छ।