मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 25 August, 2025
Invalid date format १९:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाघझोरामा ओभरब्रिज वा अन्डरपास निर्माण गर्न सांसद बर्तौलाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४o:oo

एमालेका प्रमुख सचेतक तथा मकवानपुर क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले त्रिभुवन राजमार्गअन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्बर १ मा पर्ने बाघझोरा खहरेको समस्या दीर्घकालीन समाधानका लागि ओभरब्रिज वा अण्डरपास निर्माण गर्न माग गरेका छन्।

सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्मासँग भेट गरी सांसद बर्तौलाले बाघझोराको ग्राभेलसहितको भेल बाढीले बारम्बार सडक अवरुद्ध गर्ने समस्या हल गर्न ध्यानाकर्षण गराएका हुन्।

‘यो केवल मकवानपुरबासीको मात्र नभई त्रिभुवन राजमार्ग हुँदै देशभर आवतजावत गर्ने सम्पूर्ण यात्रुको साझा समस्या हो। सामान्य वर्षामा समेत खहरे बाढीले सडक घण्टौँसम्म बन्द हुने अवस्था अन्त्य हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि प्राविधिक हिसाबले उपयुक्त अण्डरपास वा ओभरब्रिज निर्माण आवश्यक छ।’

सांसद बर्तौलाले तत्काल अध्ययन सुरु गरी संरचना निर्माणको प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। सांसद बर्तौलाको मागप्रति मन्त्री दाहालले मन्त्रालयले बाघझोराको समस्यालाई उच्च प्राथमिकतामा राखेको जनाउँदै समाधानका लागि गम्भीर रहेको बताए। उनले सचिव शर्मालाई तत्काल अध्ययन प्रक्रिया अगाडि बढाउन निर्देशनसमेत दिएका छन्।