मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ८ आइतबार
  • Wednesday, 10 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ८ आइतबार १८:४५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र ‘रिमै’को ट्रेलर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ८ आइतबार १८:४५:oo

खिलबहादुर गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘रिमै’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक विषयलाई देखाउन खोजेको छ।

करिब साढे तीन मिनेट लामो ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण परिवेशमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम र परिवारबिचको संघर्षसँग जुधिरहेका छन्। रिस्मा गुरुङसँगको केमिस्ट्रीले ट्रेलरलाई भावुक बनाएको छ भने अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथालाई अझ रोचक बनाएको छ।

निर्देशक गुरुङले ‘रिमै’मा परम्परा, संस्कार र आधुनिक जीवनशैलीबिचको टकरावलाई प्रस्तुत गर्ने संकेत ट्रेलरमार्फत दिएका छन्। संवाद, छायांकन र ब्याक ग्राउन्ड म्युजिकले दर्शकलाई गाउँले परिवेशमा तानेको छ।

गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्मस् प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ, अर्पण, रिस्मा, गौमायासहित कविता आलेमगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिबी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना रानामगरलगायतको अभिनय छ।

कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। वीरबल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुनबहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माता छन्।

सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डी गुरुङको सम्पादन रहेको छ।