मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १ आइतबार
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १ आइतबार २२:३३:oo
Read Time : < 1 मिनेट
समाचार

बिपिनका परिवारले भेटे इजरायली राष्ट्रपति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १ आइतबार २२:३३:oo

इजरायली राष्ट्रपति इसाक हेर्जोगले इजरायल भ्रमणमा रहेका नेपाली बन्धक बिपिन जोशीका आफन्तहरूसँग आइतबार भेट गरेका छन् ।  राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार भेटवार्ता तेल अविवस्थित होस्टेजेस स्क्वायरमा भएको हो, जहाँ गाजामा आतङ्ककारीहरूले अपहरण गरेका बन्धकहरूको परिवारद्वारा आयोजित राष्ट्रव्यापी आन्दोलन चलेको थियो।

यो आन्दोलनले बन्धकहरूको रिहाइ र युद्धको अन्त्यको माग गरेको छ । बिपिन जोशीको परिवार पनि सो आन्दोलनमा सहभागी भएको थियो।

राष्ट्रपति हेर्जोगले बिपिनकी आमा पद्मा र बहिनी पुष्पालाई सम्बोधन गर्दै भने, ‘हामी बिपिनको मुक्तिका लागि चिच्याइरहेका छौं। उनको अवस्थाबारे अझै स्पष्ट छैन, तर इजरायल र बन्धकबारे चिन्ता गर्ने सबैले उनलाई घर फर्काउन सक्ने सबै प्रयास गरिरहेका छौं। हामीले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिरहेका छौं ।’ 

भेटमा इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए । सो अवसरमा पुष्पाले इजरायलप्रति आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायलाई आफ्ना दाजुको रिहाइका लागि दबाब दिन आग्रह गरिन्। उनले भनिन्, ‘म र मेरो परिवारका लागि यो असह्य पीडा हो। हामीसँगै उभिएकोमा म इजरायललाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। म अन्तर्राष्ट्रिय समुदायलाई विनम्र अपिल गर्छु कृपया, उहाँ त्यहाँ कसरी बाँच्नुभएको होला भन्ने कुरा हामी कल्पना पनि गर्न सक्दैनौं। कृपया, उहाँलाई फर्काउन सकिने जुनसुकै प्रयास गर्नुस्।’

जोशी परिवार करिब दुई वर्षपछि पहिलोपटक गत सातामात्रै इजरायल पुगेको हो । ७ अक्टोबर २०२३ मा भएको नरसंहारका क्रममा कृषि विद्यार्थी बिपिन जोशीलाई हमास आतङ्ककारीहरूले किब्बुट्ज अलुमिमबाट अपहरण गरेका थिए।