
बाँके प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–९ का १७ वर्षीय समीर धपाली र सोही ठाउँका १६ वर्षीय राजन सोनकरलाई कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोलीसहित पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए।
अस्थायी प्रहरी पोस्ट बसपार्कका इन्चार्ज विष्णु शाही नेतृत्व टोलीले खानतलासी गर्दा उनीहरूको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली फेला परेको उनले बताए। शनिबार राति दुवैजना पुष्पलाल चोकबाट बसपार्कतर्फ अटो रिक्सामा जाँदै गर्दा प्रहरीले पक्राउ गरेको डिएसपी पातलीले बताए।