मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४६:oo
Read Time : < 1 मिनेट
समाचार

एकीकृत समाजवादीनिकट युवा संघमा समानान्तर कमिटी, को–को छन् पदाधिकारी ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४६:oo

एकीकृत समाजवादीनिकट युवा संघमा समानान्तर कमिटी गठन भएको छ । संजीव राईको अध्यक्षतामा आयोजक कमिटी गठन गरिएको हो । यसअघि रोशन थापाको संयोजकत्वमा गठन गरिएको आयोजक कमिटीमा राई सहसंयोजक थिए । 

संघमा पार्टी नेतृत्वले मनोमानी हस्तक्षेप गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले सच्याउनका निम्ति २४ घण्टाको अल्टिमेटम दिएको थियो । माग पूरा नभएपछि आयोजक कमिटी गठन गरेर अगाडि बढेको राईले जानकारी दिए । 

पार्टी अध्यक्ष माधवकुमार नेपालले मनोमानी हस्तक्षेप गरेको जनाउँदै सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालनिकट युवाहरूले समानान्तर कमिटी घोषणा गरेका हुन् । विधानअनुसार संगठन जोगाउनका निम्ति आयोजक कमिटी गठन गरेको उनीहरूको दाबी छ । इन्चार्ज लक्ष्मण केसीले मनोमानी ढंगबाट नेतृत्व तोक्ने, कार्यदल बनाउने र कथित कार्यदलको नाममा राष्ट्रिय महाधिवेशन आयोजक कमिटी निर्माण गर्ने काम गरेको आरोप उनीहरूको छ । 

अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिवसहित २२२ सदस्यीय आयोजक कमिटी गठन भएको छ । 

को–को छन् पदाधिकारी ? 
अध्यक्ष–संजीव राई 
उपाध्यक्ष–निर्भिक खनाल, बाबुराजा श्रेष्ठ, अनिल बोगटी, जितबहादुर हमाल, खड्ग आचार्य, रूपेश गिरी
महासचिव– भेषराज शाह
उपमहासचिव–रेखा लोप्चन, कृष्ण नेपाली, अनिल पट्टेल, मोहन साउद, विशाल लामा, सुशील खनाल, मनोज खत्री
सचिव–प्रेमराज भारती, बासुदेव भण्डारी, कपिल पौडेल, कृष्ण थापा, मेघराज शाही, कुनाल राई, सञ्जय श्रेष्ठ, भाईचुङ लामा, रमेश आचार्य, गौरी ओली, विनोदबहादुर सिंह, दिपक शाही, रोशन ज्ञवाली, विमला देवकोटा, विशाल तामाङ, नरेश लेखक, विना विश्वकर्मा, शिव राई, रोशन शाही, भरत बस्नेत ।