मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
Invalid date format १७:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१७ किलो गाँजासहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२o:oo

सिराहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिका– ५, कुर्सन्डी गाउँबाट १७ किलो प्रतिबन्धित लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका– २, गमहरियाका करिब ५० वर्षीय शिवनाथ यादव रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

सिराहा प्रहरीका सूचना अधिकारी वीरेन्द्रकुमार पासवानका अनुसार सेतो प्लास्टिकको बोरामा गाँजा बोकेर कुर्सन्डी गाउँ हुँदै पैदल भारततिर प्रवेश गर्न लागेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झाँझपट्टी, सशस्त्र प्रहरी सुरक्षा बल बिओपी नवराजपुरबाट खटिएको संयुक्त टोलीले यादवलाई गाँजासहित पक्राउ गरेको हो।

पक्राउ परेका यादवलाई लागुऔषध ओसारपसारसम्बन्धी मुद्दामा सिराहा जिल्ला अदालतबाट आइतबार पाँच दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय महेशपुर पतारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।