मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
नयाँ पत्रिका जनकपुरधाम
Invalid date format १५:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पत्रकार कुट्ने वकिललाई कारबाहीको माग गर्दै जिल्ला प्रशासनअगाडि धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १५:१o:oo

पत्रकार कुट्ने वकिलहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाअगाडि पत्रकारहरू धर्नामा बसेका छन्।

गुठी संस्थानबाट २० वर्षका लागि लिजमा लिएको जग्गामा तारबार गरिरहेको समयमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूलाई प्रहरीले अहिलेसम्म कुनै कारबाही नगरेको भन्दै जिल्ला प्रशासन कार्यालयअगाडि ११ देखि १२ बजेसम्म पत्रकारहरू एक घण्टा धर्नामा बसेका हुन्।

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ, सत्य बोल्ने कलमलाई कुनै बलले रोक्दैनलगायतका नारा लेखिएको प्लेकार्ड बोकेर पत्रकार महासंघ धनुषाबाट जिल्ला प्रशासन कार्यालयमा पुगेर पत्रकारहरू गेटको अगाडि धर्नामा बसेका हुन्।

गत साउन २७ गते गुठी संस्थानबाट लिजमा प्राप्त चार कट्ठा जग्गामा तारबार गर्ने क्रममा नेपाल बार एसाेसिएसन जनकपुरधामका पदाधिकारीसहित वकिलहरूको एक समूहले पत्रकारमाथि आक्रमण गरेका थिए। वकिलको आक्रमणमा परेर महासंघका मधेश प्रदेश अध्यक्ष श्यामप्रसाद बन्जारा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर राय, अनिल निरालालगायत घाइते भएका थिए।

साउन २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा घटनामा संलग्न ६ जना वकिलविरुद्ध जाहेरी दिइए पनि प्रहरी प्रशासनको तर्फबाट कसैलाई पक्राउ गरिएको छैन।