मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३१ शनिबार
  • Saturday, 16 August, 2025
२o८२ श्रावण ३१ शनिबार १८:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्ज भन्सारका प्रशासक लामिछानेको सरुवा , ज्ञवालीलाई जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ३१ शनिबार १८:o२:oo

वीरगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक दीपक लामिछानेको सरुवा भएको छ । लामिछानेलाई उपमहालेखा नियन्त्रकको जिम्मेवारीमा खटाइएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले केहि सहसचिवहरूको जिम्मेवारी शुक्रबार फेरबदल गरेपछी उनको सरुवा भएको हो । अब वीरगन्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीलाई जिम्मेवारी दिइएको छ । 

यस्तै दीलिपकुमार गौतम ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनेका छन् । पदमकुमार श्रेष्ठलाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासक बनाइएको छ ।

रमेश अर्याल आन्तरिक राजस्व विभाग उपमहानिर्देशक बनेका छन् । जनकराज शर्मालाई समेत उपमहालेखा नियन्त्रकको जिम्मेवारी दिइएको छ ।

यस्तै सुमन दाहाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनेका छन् । यसअघि भन्सार विभाग महानिर्देशक रहेका महेश भट्टराई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखका रूपमा सरुवा भएका छन् ।

त्यस्तै श्यामप्रसाद भण्डारीलाई भन्सार विभाग महानिर्देशकको जिम्मेवारी दिइएको छ । टंकप्रसाद पाण्डेलाई योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख बनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय प्रमुखमा टंकनाथ लम्साललाई खटाइएको छ । भरतमणि पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ ।