मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
तस्बिर : क्यान
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ३० शुक्रबार १७:४१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल पहिलो खेलमै पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार १७:४१:oo

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल टप एन्ड टी–२० शृंखलाको पहिलो खेलमै पराजित भएको छ। शुक्रबार डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड २ मा नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नर्दन टेरिटोरीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा १३५ रन मात्र बनाउन सक्यो।

नेपालका लागि अलराउन्डर कुशल मल्लले सर्वाधिक ३४ रन बनाए। यो सिरिजमा कमब्याक गरेका मल्लले २६ बलमा एक चौका र एक छक्का प्रहार गरेका हुन्। गुल्सन झाले १० बलमा समान दुई चौका र छक्कासहित २६ रन जोडे। कप्तान रोहितकुमार पौडेलले २३, दीपेन्द्रसिंह ऐरीले १९ रनको योगदान गरे।

घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकका लागि म्याट हामोन्डले सर्वाधिक तीन विकेट हात पारे। केन रिचार्डसन र थोमस आन्द्रेसले समान दुई विकेट हात पारे।

यसअघि नर्दन टेरिटोरीका लागि डार्सी सर्टले ३४ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ५१ रनको योगदान गरे। यसैगरी, थोम एन्ड्रयुले अविजित ३३,  जोर्डन सिल्कले १९, कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ र कप्तान जेक वेदराल्डले ११ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए। शाहव आलमले दुई तथा दीपेन्द्रसिंह ऐरी, रूपेश सिंह र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए।