मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३० शुक्रबार
  • Friday, 15 August, 2025
नयाँ पत्रिका काठमाठौं
२o८२ श्रावण ३० शुक्रबार १६:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टप एन्ड टी-२० शृंखला : नेपाललाई जितका लागि १७८ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाठौं
नयाँ पत्रिका
२o८२ श्रावण ३० शुक्रबार १६:o९:oo

घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकरले टप एन्ड टी-२० शृंखलामा नेपालसामु १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

शुक्रबार अस्ट्रेलियाको डार्बिनस्थित मरारा क्रिकेट ग्राउन्ड २ मा टस हारेर ब्याटिङ गरेको नर्दन टेरिटोरीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७७ रन बनाएको हो । 

नर्दन टेरिटोरीका लागि डार्सी सर्टले ३४ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी थोम एन्ड्रयुले अविजित ३३,  जोर्डन सिल्कले १९, कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ र कप्तान जेक वेदराल्डले ११ रन बनाए । 

नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । शाहब आलमले दुई तथा दीपेन्द्रसिंह ऐरी, रूपेश सिंह र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिएका थिए ।