
सरकारले ७२ जना सहसचिवको सरुवा गरेको छ। २६ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले अन्तरमन्त्रालय सरुवा गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सरुवाको सूची सार्वजनिक गरेको छ। सरुवामा प्रमुख जिल्ला अधिकारी तथा विभिन्न विभागका महानिर्देशकहरू फेरिएका छन् ।
ललितपुरका सिडिओ रमेश ढकाल, भक्तपुरका भरतमणि पाण्डेको अन्य मन्त्रालयमा सरुवा भएको छ। त्यस्तै, बजार अनुगमनमा राम्रो काम गरिरहेका वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहाललाई हटाएर समावेशी आयोगमा पठाइएको छ।